Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सभामुखले सिफारिस फिर्ता गरेपछि प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषदको बैठक


    मंगलबार, माघ २० २०७७
    945
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषदको बैठक बोलाएका छन् । यसअघिको बैठकबाट संवैधानिक अंगहरुमा गरिएका नियुक्ति सिफारिस सभामुख अग्नि सापकोटाले फिर्ता गरेपछि संवैधानिक परिषदको बैठक बस्न लागेकाे हाे ।

    प्रधानमन्त्री ओलीले मंगलबार साँझ पाँच बजे संवैधानिक परिषदको बैठक बोलाएका र बैठकमा विविध विषयमा छलफल हुने बालुवाटार स्रोतले बतायो ।

    सरकारले अध्यादेश जारी गरी परिषदका बहुमत सदस्यबाट निर्णय गर्न सक्ने व्यवस्था गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख सापकोटाले बैठक बहिस्कार गरेपछि गत मंसिर ३० गते बहुमतकै आधारमा अख्तियारसहितका बिभिन्न संवैधानिक आयोगहरुमा नियुक्तिको सिफारिस गरिएको थियो ।

    संसद विघटन भइसकेको अवस्थामा सिफारिस गरिएका पदाधिकारी तथा सदस्यहरुको सुनुवाइ हुन नसक्ने भन्दै सभामुख सापकोटाले सक्कलै फाइल फिर्ता पठाइदिएका थिए । संविधानमा संसदीय सुनुवाइपछि मात्र नियुक्ति हुने व्यवस्था छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार