काठमाडौं । प्रतिनिधिसभा बिघटनका बिरुद्ध परेको रिटमा सरकारी पक्षको प्रतिरक्षा गर्नेहरुको बहस सोमबारबाट सुरु भएको छ । सोमबार प्रतिनिधिसभा बिघटनको बचाउमा बहस गर्ने महान्यायाधीवक्ता अग्निप्रसाद खरेल संवैधानिक इजलासमा अति कमजोर रुपमा प्रस्तुत भएका थिए । उनले प्रतिनिधिसभा बिघटन गर्ने निर्णय संविधानसम्मत छ भनेर स्पष्ट भन्नै सकेनन् ।
बहसमा संवैधानिक इजालसबाट न्यायाधीश अनिलकुमार सिन्हाले सोधेका प्रश्नको जवाफ दिन नसकी उनी माघको जाडोमा पनि पटक पटक पानी पिउन बाध्य भएका थिए । संविधानको धाराको बारेमा पनि उनले गोलमटोल जवाफ दिएका थिए । पाँच घन्टाको बहसको क्रममा खरेलले प्रतिनिधिसभा बिघटनको प्रतिरक्षा गर्न सकेनन् । संविधानमा बिघटनको ब्यवस्था नभएका कारण उनले प्रधानमन्त्री केपी ओलीको प्रतिरक्षा गर्न सकेनन् । सुरु दिनकै बहसबाट सरकारी पक्षले प्रतिनिधिसभा बिघटन संविधानसम्मत छ भन्ने एउटा पनि तर्क प्रस्तुत गर्न सकेन ।
प्रतिनिधिसभा ओलीको सनकमा बिघटन गरिएको हो भन्ने महान्यायाधीवक्ताको सोमबारको प्रस्तुतिबाट पुष्टी भएको छ । विघटनका बिरुद्ध बरिष्ठ अधिवक्ताहरु सबैले जुन दमदार तर्क प्रस्तुत गरे, बिघटनका पक्षमा महान्यायाधीवक्ता खरेलले संवैधानिक इजलासमा एउटा पनि बलियो तर्क प्रस्तुत गर्न सकेनन् ।
महान्यायाधीवक्ता खरेलले नै इजलासमा निरीह भएर प्रतिनिधिसभा बिघटनको बचाउ गर्न नसकेपछि बालुवाटार झस्किन पुगेको छ । प्रधानमन्त्री केपी ओलीले जतिसुकै सेटिङ गरे पनि प्रतिनिधिसभा पुनस्र्थापना नगर्ने आधारहरु न्यायाधीशहरुसँग पनि नभएको सरकारी पक्षको बचाउ गर्ने महान्यायाधीवक्ताको सुरुको दिनको बहसबाट प्रष्ट भएको छ ।
अग्नि खरेल गोलमटोल जवाफ दिने क्रममा २०५२ को संसद बिघटनमा बिश्वनाथ उपाध्यायले कानूनको दुईथरी व्याख्या गरेको र यस्तो विघटन राजनैतिक प्रकृतिको हुने भनेका थिए । खरेलले प्रतिनिधिसभा विघटन हुन सक्ने अवस्था संविधानमै निर्दिष्ट रहेको दावी गरेका थिए । तर कुन धारामा त्यो निर्दिष्ट गरिएको छ भन्ने स्पष्ट जवाफ दिन सकेनन् । कहिले कुन धारा त कहिले कुन धारा भन्दैश गोलमटोल जवाफ दिएका थिए । किटान गरेर यही धारा अन्तर्गत बिघटन गरिएको हो भन्न सकेनन् ।
संविधानको धारा ९१ को उपधारा ६ क मा प्रतिनिधिसभाको विघटन भए पनि सभामुख र उपसभामुखको पद अर्कोे चुनाव नहुँदासम्म यथावत रहने व्यवस्था रहेको सन्दर्भलाई उल्लेख गर्दै बिघटनको बचाउ गरेका थिए ।
न्यायाधीश सपना प्रधान मल्लका दुई सवाल गरेकी थिइन्– ‘प्रधानमन्त्री संविधानको धारा ७६ (१) अनुसारकै हो भने उहाँलाई धारा ७६ (७) को अधिकार कहाँबाट आयो ? प्रतिनिधिसभामै नगई ७६ (७) अनुसार प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गर्न मिल्ने हो र ?’
यी दुवै प्रश्नको खरेलले स्पष्ट जवाफ दिन सकेनन् । उनी अलमलमा परेका थिए ।
खरेलले प्रतिनिधिसभा बिघटन संविधान अनुरुप भएका एउटा पनि तर्क प्रस्तुत गर्न त सकेनन् नै । इजलासमा उनले संसद बिघटनको बचाउ यसरी गरे– संसदले संसद जस्तो काम गरेन, एमसीसीलाई अड्काएर अन्तर्राष्ट्रिय सम्झौता र मूल्यमान्यताको अवमूल्यन गरेकाले बिघटन गरिएको भन्दै बिषयान्तर गरेका थिए ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend