Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ओलीले देउवालाई बालुवाटार किन बोलाए ?


    शुक्रबार, बैशाख १२ २०७७
    1.6K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, १२ बैशाख ।  सरकारले राजनीतिक दल सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांगं्रेसका सभापति शेरबहादुर देउवालाई बालुवाटार बोलाएका छन् । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको हो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश खारेज गरिसकेकी छन् । 

    प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदमार्फत वैशाख ८ गते राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गराएका थिए । ती अध्यादेश सोही दिन राष्ट्रपतिबाट प्रमाणित भएर राजपत्रमा प्रकाशित गरिएको थियो । जसका कारण राष्ट्रपति समेत बिबादमा परेकी छन् । 

    भैँसेपाटीमा बिहीबार बसेको नेकपा सचिवालयका शीर्ष नेताहरुको बैठकले अध्यादेश फिर्ता लिनुपर्ने निष्कर्ष निकालेको थियो ।

    उपाध्यक्ष वामदेव गौतमको भैंसीपार्टीस्थित निवासमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित बहुमत सचिवालय सदस्यको बैठकले ओलीले शुक्रबारसम्म अध्यादेश फिर्ता नलिए शनिबार स्थायी कमिटी बैठक बोलाउने निर्णय गरको थियो। बैठकले ओलीलाई २४ घण्टे अल्टिमेटम दिएको थियो । पार्टीले दिएको २४ घन्टे अल्टिमेटमपछि शुक्रबारै मन्त्रिपरिषद बैठक बसी अध्यादेश फिर्ता लिने निर्णय गरी खारेजीका लागि राष्ट्रपतिकोमा पठाइएको थियो । अध्यादेश फिर्ता लिनासाथ प्रधानमन्त्री ओलीले देउवालाई बोलाउनुको कारण भने बताइएको छैन ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार