Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मन्त्रीले नै चन्दा मागेपछि…


    सोमबार, माघ १९ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यक्रमका लागि मन्त्रीले नै चन्दा मागेका छन् ।

    सिराहा सदरमुकाममा सोमबार हुन गइरहेको स्व. हेमनारायण यादवको १७ औं स्मृति सभामा सहभागी हुन प्रधानमन्त्री ओली आउँदैछन् । उक्त कार्यक्रमका लागि कानुनमन्त्री लिलानाथ श्रेष्ठले सरकारी कार्यालयसँग चन्दा मागेका छन् ।

    मन्त्री श्रेष्ठ नेकपाका सिराहा इन्चार्ज हुन् । उनकै हस्ताक्षरमा सरकारी कार्यालयमा आर्थिक सहयोग माग्दै पत्राचार गरिएको छ ।

    स्व. हेमनारायण यादवको १७ औं स्मृति दिवसका लागि मन्त्री श्रेष्ठले वििभन्न कार्यालयमा पत्र मार्फत आर्थिक सहयोग माग गरेका छन् । कार्यालयहरुमा पठाइएको पत्रमा रकम उल्लेख नगरिएपनि मन्त्री श्रेष्ठले रु. ५० हजारसम्म उपलब्ध गराउन दबाब दिएको एक कार्यालय प्रमुखले बताएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार