Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बागमती प्रदेशसभा बैठक बोलाउन माग गर्दै नाराबाजी


    सोमबार, माघ १९ २०७७
    2.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • हेटौंडा । बागमती प्रदेशसभाको बैठक बोलाउन माग गर्दै नेकपा (प्रचण्ड–नेपाल समूह) ले हेटौंडास्थित प्रदेशसभा सचिवालय अगाडि नाराबाजी गरेको छ ।

    आज बस्ने तय भएको बैठक अकस्मात र विनाकारण स्थगित गरिएको विरोधमा प्रचण्ड–नेपाल समूहका प्रदेशसभा सदस्यहरुले नाराबाजी गरेका हुन् । उनीहरूले ‘अल्पमतको सरकार राजीनामा दे’ भन्दै नारा लगाएका थिए।

    आजको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल गर्ने तयारी थियो । तर, सभामुख सानुकुमार श्रेष्ठले आइतबार राति बैठक फागुन पहिलो सातासम्मका लागि स्थगित भएको सूचना जारी गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार