Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कक्षा १२ को नतिजा प्रकाशित


    सोमबार, माघ १९ २०७७
    650
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ ।

    केहीबेरअघि सम्पन्न बोर्ड बैठकको निर्णयपछि नतिजा प्रकाशित गरिएको हो ।

    राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमा हेर्न सकिने जानकारी दिए ।

    बोर्डले यस वर्ष ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको थियो । थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडेर नतिजा प्रकाशित गरिएको छ । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार