Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक सर्‍यो


    सोमबार, माघ १९ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अन्तिम समयमा आएर नेकपा प्रचण्ड–नेपाल समूहको केन्द्रीय कमिटी बैठक सरेको छ । बैठक दिउँसो १ बजेसम्मका लागि सरेको छ ।

    प्रचण्ड–नेपाल समूह गत पुस ५ गते विघटित संसद् पुनःस्थापना हुनुपर्ने र निर्वाचन आयोगले आफ्नो समूहलाई वैधानिकता दिनुपर्ने अडानमा छ । संसद विघटनको विरोधमा उसले देशभर आन्दोलनका कार्यक्रम गर्दै आएको छ ।

    टवल, विराटनगर र धनगढीमा प्रदेशस्तरीय विरोधसभा गरिसकेको यो समूहले माघ २८ गते काठमाडौंमा फेरि विरोधसभा गर्ने तयारी गरेको छ ।

    यसअघि पुस ७–९ मा बसेको प्रचण्ड–नेपाल समूहको केन्द्रीय समिति बैठक बसेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको असंबैधानिक कामको भण्डाफोरका लागि बैठकले केही ठोस निर्णय गर्ने बुझिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार