Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सेनाको बख्तरबन्द गाडीको चक्रपथ परिक्रमाः नियमित अभ्यास कि ओली तानाशाहीको पूर्वाभ्यास ?


    सोमबार, माघ १९ २०७७
    2.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली सेनाका बख्तरबन्द गाडीले माघ २१ मा काठमाडौंको चक्रपथ चक्कर लगाउने भएका छन् ।

    सोही दिन आठ वटै पृतनाअन्तर्गतका मेकनाइज्ड युनिटहरूबाट देशका विभिन्न स्थानहरुमा बख्तरबन्द गाडीहरुको अभ्यास गर्ने योजना रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

    ओलीले जननिर्वाचित प्रतिनिधिसभा आफ्नो निहीत स्वार्थ पूरा नभएपछि बिघटन गरी शाहीशैलीमा शासन गर्न थाल्नु र सेनाको बख्तरबन्द गाडी काठमाडौं लगायतका सबै पृतनाबाट बाहिर प्रदर्शन गर्नुलाई निरंकुशताको पूर्वाभ्यासका रुपमा पनि लिइएको छ ।

    साहित्यकार खगेन्द्र संग्रौलाले सामाजिक संजालमा लेखेका छन्–सत्तामा खड्ग ओलीय हिटलरी निरङ्कुशताको जग्जगी शुरू भा छ, सडकमा स्वतन्त्रताप्रेमी नागरिकमाथि हिटलरी दमनको बर्बरता शुरू भा छ । यही क्षणमा सेनाले बख्तरबन्द गाडीमा चढेर चक्रपथ चक्कर मार्नुको साङ्केतिक अर्थ के हो ? के थाहा, यो ओलीय तानाशाहीको फौजी चरणको पूर्वाभ्यास पो हो कि ?

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार