Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सरकारको निर्णय : दुबै अध्यादेश फिर्ता गर्ने


    शुक्रबार, बैशाख १२ २०७७
    1.3K
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौं, १२ बैशाख  । शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले राजनीतिक दल र संवैधानिक परिषदसम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको छ  । चौतर्फी रुपमा बिरोध आएपछि उक्त अध्यादेश आजको बैठकले फिर्ता लिएको हो ।

    सरकारले यही वैशाख ८ गते राजनीतिक दलसम्बन्धी र संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेको थियो । ती अध्यादेश सोही दिन राष्ट्रपतिबाट प्रमाणित भएर राजपत्रमा प्रकाशित गरिएको थियो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी  भण्डारीले अध्यादेश फिर्ता गरेकाे हाे ।

    राजनीतिक दल सम्बन्धी अध्यादेशमा पार्टी फुटाउन केन्द्रीय समिति वा संसदीय दलमा ४० प्रतिशत भए पुग्ने र संवैधानिक परिषदसम्बन्धी अध्यादेशमा प्रतिपक्षी दलको नेताविना संवैधानिक परिषद्को बैठक बसेर आवश्यक निर्णय गर्न सक्ने व्यवस्था गरिएको छ ।

    पार्टी फुटाउने उद्देश्यले राजनीतिक दल सम्बन्धी अध्यादेश ल्याएर सरकारले अस्थीरता निम्ताउन खोजेको र प्रतिपक्षी दलको नेताविना संवैधानिक परिषदले निर्णय गर्न सक्ने व्यवस्था गरेर संविधानको मर्म विपरीत सरकार हिँड्न खोजेको भन्दै नेकपाभित्र र बाहिर आलोचना भइरहेको छ ।

    भैँसेपाटीमा बिहीबार बसेको नेकपा सचिवालयका शीर्ष नेताहरुको बैठकले अध्यादेश फिर्ता लिनुपर्ने निष्कर्ष निकालेको थियो भने कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्का नेता माधव कुमार नेपालसँगको छलफलमा प्रधानमन्त्री ओलीले अध्यादेश फिर्ता लिन तयार रहेको अभिव्यक्ति नेताहरूले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार