Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • झलनाथ खनाल भन्छन् – ओलीको दिनगन्ती सुरु भइसकेको छ


    आइतबार, माघ १८ २०७७
    2.8K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल पचण्ड–माधवकुमार नेपाल समूहका वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीको दिनगन्ती सुरु भइसकेको बताएका छन् ।

    आइतबार प्रचण्ड–नेपाल समूहले संसद विघटनको विरोधमा माइतीघर मण्डलामा गरेको धर्ना कार्यक्रममा सञ्चारकर्मीसँग बोल्दै वरिष्ठ नेता खनालले प्रधानमन्त्री ओली फेल भइसकेकाले उनको दिनगन्ति सुरु भइसकेको बताए ।

    नेता खनालले संसद पुर्नस्थापनाको विकल्प नभएको पनि बताए । नेपाली जनताले प्राप्त गरेका अधिकार र संविधानको रक्षाको निम्ति संसद्को पुर्नस्थापना गर्नुपर्ने उनको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार