Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • संसद विघटनविरुद्धको रिटमा भाेलिबाट सरकारी पक्षको बहस


    आइतबार, माघ १८ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । संसद विघटनविरुद्धका रिटमाथि सोमबारदेखि सरकारका तर्फबाट बहस हुने भएको छ ।

    प्रतिनिधिसभा विघटनविरुद्ध दायर भएका १३ वटा रिट निवेदनमाथि सुनुवाई भइरहेको संवैधानिक इजलासमा आइतबार नवौंदेखि १२ औं रिटसम्मको बहस सकिएको छ ।

    नवौं रिटमाथि रिट निवेदकसमेत रहेका अधिवक्ताद्वय अमिता गौतम र कीर्तिनाथ शर्मा पौडेलले आइतबार बहस गरेका थिए । यस्तै, दशौं रिट निवेदक अधिवक्ता लोकेन्द्रबहादुर ओली, एघारौं रिटका निवेदक कलमबहादुर खत्री र बाह्रौं रिटका निवेदक मणिराम उपाध्यायले आइतबार नै बहस सकेका छन् ।

    बाह्रौं रिटमाथिको बहस सकेर खाजा समयका लागि ‘ब्रेक’ लिएको इजलासमा ब्रेकलगत्तै तेह्रौं रिट निवेदनमाथि बहस हुनेछ । तेह्रौं रिटमाथिको बहस आइतबार नै सकिने भएकाे छ ।

    आइतबार सबै रिटमाथिकाे बहस सकिएपछि साेमबारबाट सरकारका तर्फबाट बहस हुनेछ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार