काठमाडौं । संसद विघटनपछि प्रधानमन्त्री तथा मन्त्रीहरु बाहिरी जिल्लाका कार्यक्रममा जाँदा कालो झण्डाको सामना गरिरहेका छन् ।
प्रधानमन्त्रीले संसद विघटन गरेर देशलाई अस्थिरतातर्फ धकेलेको भन्दै नेकपाको प्रचण्ड–नेपाल समूह र कांग्रेसलगायत दलका नेता कार्यकर्ताहरुले विभिन्न जिल्लामा सरकारका मन्त्रीहरुलाई कालो झण्डा देखाउने गरेका छन् ।
आइतबार चितवनमा हुने कार्यक्रममा पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डाको त्रास थियो । त्यसैले विशेष सुरक्षाको टोलीलाई खटाइएकाे थियाे । कालाे झण्डाकाे डरकै कारण पत्रकारले घाँटीमा लगाएकाे कालो सल समेत निकाल्न लगाइएकाे छ।
चितवनको पुल्चोक गोन्द्राङ सडक बिस्तारको शिलान्यास गर्ने कार्यक्रमको रिपोर्टिङ गर्न गएकी पत्रकार शान्ता अधिकारीको सल सुरक्षा टोलीले निकाल्न लगाएको हो । भरतपुर एयरपोर्टमा पुगेकी अधिकारीले आफू पत्रकार भएको परिचय दिँदा समेत सुख पाएकी थिइनन् ।
‘प्रधानमन्त्री सुरक्षाको विशेष टोलीले शान्ता जिलाई निक्कै निगरानी गरेको थियो, निगरानी गर्नुको एउटै कारण उनको कालो सल पो रहेछ’, पत्रकार अनिल ढकालले भने ‘अन्तमाः घाटीको सल निकाल्नै लगाइयो । सल निकालेपछि अधिकारीले झोलामा राखेकी थिइन् ।’
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend