Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सुवास नेम्वाङ र महेश बस्नेतमा के फरक ?


    शनिबार, माघ १७ २०७७
    630
    Shares
  • ३ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता सुवासचन्द्र नेम्वाङ ८ बर्ष संसदको सभामुख भइसकेका र राजनीतिमा भद्र सालिन ब्यक्तिका रुपमा चिनिन्थे । तर निर्वाचन आयोगले शुक्रबार दुवै नेकपालाई छलफलमा बोलाएपछिको उनका अभिब्यक्तिले उनी झुटचन्द्र नेम्वाङको रुपमा चिनिन थालेका छन् ।

    शुक्रबार निर्वाचन आयोगले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दुवै समूहलाई शुक्रबार बिहान ११ बजे छलफलका लागि बोलाएको थियो । उक्त छलफलमा आयोगले दुवै नेकपाका अध्यक्ष केपी ओली र पुष्पकमल दाहाल प्रचण्डलाई पत्र काटी बोलाएको थियो । पत्रमा अध्यक्ष नआएमा पार्टीबाट ५ ५ जना प्रतिनिधि पठाउनु भनेको थियो । आयोगमा नेकपा ओली समूहका सुवास नेम्वा र प्रचण्ड माधव समूहबाट राजेन्द्र पाण्डे सहितका नेता गएका थिए । 
    आयोगमा ओली समूहले चुनावी प्रक्रिया अगाडि बढाउन अनुरोध गरेर फर्किएको थियो भने प्रचण्ड माधव समूहले माघ १८ सम्म कुनै निर्णय नगर्न आग्रह गरी फर्किएको थियो । प्रचण्ड माधव समूहका नेता छलफलमा भाग नलिई पत्र बुझाएर आएको थियो । आयोगमा गएर आफ्नो कुरा राखिसकेपछि ओली समूहका नेता नेम्वाङले नेकपाको आधिकारिकता सम्बन्धी विवाद टुंगो लगाइसकेको र चुनावी प्रयोजनका लागि दल दर्ता तथा अन्य तयारीका बारेमा छलफल गर्न बोलाइसकेको अभिब्यक्ति दिए । आयोगले नेकपाको आधिकारिकता ओलीलाई नै दिएको नेम्वाङको भनाइ क्षणभरमै भाइरल भयो । नेम्वाङले आयोगले नेकपाको आधिकारिकता ओली समूहलाई दिइसकेको सतप्रतिशत झुट कुरा बोलेपछि आयोगले २ घन्टापछि नै खण्डन गरेको थियो । आयोगका सदस्य इश्वरी पौडेलले विज्ञप्ति नै प्रकाशित गरी निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को आधिकारिकता विवादबारे कुनै निर्णय नभएको स्पष्ट पारेको थियो । पौडेलले आधिकारिकता दाबी गर्न कुनै पनि समूह नआएकाले आयोगले त्यसबारे निर्णय नगरेको बताएपछि नेम्वाङको झुटको पर्दाफास भएको थियो । शुक्रबारको अभिब्यक्तिपछि नेम्वाङ कुन हदसम्म गिर्न सक्दारहेछन् भन्ने प्रष्ट भएको छ । संसद बिघटन प्रधानमन्त्रीले गर्ने प्रावधान संविधानमै नभएको नेम्वाङको अभिब्यक्तिको भिडियोले उनलाई अहिले पनि गिज्यारहेको छ । नेम्वाङ सभामुख भइसकेका र कानुन क्षेत्रमा पनि लामो अनुभव हासिल गरेका भनेर उनलाई सबैले परिपक्व नेताका रुपमा लिन्थे तर शुक्रबारको अभिब्यक्तिले उनी र महेश बस्नेतमा कुनै फरक नरहेको अर्थ लगाउन थालेका छन् । 
    आयोगले दल दर्ताका क्रममा आधिकारिक नेकपा कता हुन्छ, ऐन कानुन हेरेर निर्णय गर्ने यथार्थता नेम्वाङलाई थाहा छ, तर महेश बस्नेतहरु झुट बोलेरै ओलीको प्रिय भएकाले त्यही शैली अपनाउन विवश भएका त होइनन् । नेकपा आधिकारिकता विवाद टुङ्गिसक्यो, हामी नै आधिकारिक हौ भन्ने अभिब्यक्ति दिएपछि उनकोबारेमा कतियले यस्तो भन्न थालेका छन्, सुवास नेम्वाङले बोलेको कुरा पत्याउनु ? 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार