काठमाडौं, १२ बैशाख । लकडाउन कफ्र्यु होइन, आग्रह र अनुरोध गरेर मानिसहरुलाई घरमै बस्न आग्रह गर्न सकिन्छ । पटक पटक चेतावनी दिदा पनि नमानेमा प्रहरीले नियन्त्रणमा लिनसक्छ । तर प्रहरीले किताव लिन आफ्ना अभिभावकको पसलमा जाने क्रममा १३ बर्षीय बालिकालाई नियन्त्रणमा लिएको छ ।
मालीगाउँको मन्दिरनजिकैबाट १३ बर्षीय बालिका निशु श्रेष्ठलाई प्रहरीले केहीबेरअघि नियन्त्रणमा लिएको छ ।
बन्द रहेको पसलमा किताव छुटेकाले लिन गएको बेला उनलाई प्रहरीले नियन्त्रणमा लिएको उनका अभिभावकको गुनासो छ । स्कुलले अनलाइन कक्षा संचालन गरेकाले किताव लिन गएको बेला उनलाई प्रहरीले नियन्त्रणमा लिएको निशुका बाबु नारायण श्रेष्ठले बताए । अभिभावकहरुले किताव लिन गएको भने प्रहरीले ब्यूटीपार्लर खोलेको आरोप लगाएको छ ।
बालिकालाई एकपटक लकडाउन उल्लंघन गर्दा सम्झाई बुझाई गर्नुपर्नेमा नियन्त्रणमा लिएकोबारेमा कमलपोखरी बृत्तका डीएसपी भरत विकसँग सोध्दा उनले भने–जति अनुरोध गर्दा पनि ब्यूटीपार्लर खोलिरहेकाले नियन्त्रणमा लिइएको हो । उमेर १३ बर्षमात्र होइन जस्तो लाग्छ । तर पनि छाड्नु भनिसकेका छौं ।’