सर्लाही । सर्लाहीको मलंगवामा ट्राफिक चेकिङको क्रममा प्रहरीले कटुवा पेस्तोलसहित दुई जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा मलंगवा नगरपालिका–६, सुखैनियाका मोहन पासवान र उनका छोराका रुपमा रहेका रामहुलास पासवान रहेका छन् ।
सर्लाहीको मलंगवा नगरपालिका–८ स्थित गोरखकाली प्रहरी चौकीअगाडि संयुक्त प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतको नम्बर प्लेट (BR 30A 1071) भएको मोटरसाइकल जाँच गर्दा चालक मोहन पासवानसँग सवारीसम्बन्धी कागजपत्र फेला परेन । उनले कागज मोबाइलमा रहेको भन्दै देखाउन खोज्दा उनका १२ बर्षीय छोरा नवल पासवानको मोबाइलमा कटुवा पेस्तोल ताकिरहेको फोटो भेटिएको प्रहरीले जनाएको छ ।
उक्त विषयमा सोधपुछ गर्दा मोहन पासवानले ती फोटोमा देखिएको व्यक्ति आफ्नै छोरासमेत रहेका रामहुलास पासवान भएको खुलाएपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको थियो । त्यसपछि जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले रामहुलासलाई पनि नियन्त्रणमा लिएको थियो ।
रामहुलासले पेस्तोल घरकै पूर्वपट्टि भित्तामा कपडाले बेरिएको अवस्थामा राखेको बताएका थिए । प्रहरीले उनको भनाइअनुसार त्यहाँबाट कटुवा पेस्तोल बरामद गरेको छ ।
हाल दुवैलाई आवश्यक अनुसन्धानको लागि सर्लाही जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी हिरासतमा राखिएको प्रहरीले जनाएको छ ।
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend