Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कोरोना कहर : बेलायतमा मृत्यु हुनेको सख्या १८ हजार ७ सय नाघ्यो


    शुक्रबार, बैशाख १२ २०७७
    735
    Shares
  • २ मिनेट पाठ
  • लन्डन ।  कोरोना भाइरस (कोभीड–१९) बाट  बेलायतमा मृत्यु  हुनेको संख्या १८ हजार ७ सय ३८ पुगेको छ । गएको २४ घन्टामा कोरोनाको संक्रमणबाट बेलायतको अस्पतालमा थप ६ सय ३८ जनाको मृत्यु भएको ‘डिपार्टमेन्टअफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ ।

    मृत्यु हुनेको संख्या हिजोको तुलनामा आज केहि कम भएको हो । पछिल्लो जानकारी अनुसार इंग्ल्याण्डमा ५ सय १४ जना, स्कटल्याण्डमा ५८ जाना र वेल्समा १७ जनाको निधन भएको छ भने नर्दर्न आएरल्याण्डको भने अहिलेसम्म कुनै तथ्यांक सार्वजनिक भएको छैन ।

    अहिलेसम्म इंग्ल्याण्डमा १६ हजार ७ सय ८६ स्कटल्याण्डमा १ हजार १ सय २० वेल्समा ६ सय ४१ र नर्दर्न आएरल्याण्डमा २१६ (हिजोको तथ्यांक) जना गरि अस्पताल हाताभित्र मृत्यु हुनेको संख्या कुल १८ हजार १ सय पुगेको हो । बेलायतमा १ लाख ३८ हजार ७८ जना कोरोनाबाट संक्रमित भएकोमा अहिले १ लाख १८ हजार ९ सय ९६ जना सनाक्रमित रहेका छन् ।

    गएको २४ घन्टामा ४ हजार ५ सय ८३ जाना थप संक्रमित भएका छन् । तेस्तै हालसम्म बेलायातमा २० जना नेपालीहरुको निधन भैसकेको आधिकारिक तथ्यांक छ । संसारभरी कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ९० हजार पुग्न लागिसकेको वर्ल्डओमिटरले उल्लेख गरेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार