Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कैलालीकी ५० बर्षीया संक्रमित र सनसिटी अपार्टमेन्टका आमाछोरा पनि निको भएर फर्किए  


    बिहिबार, बैशाख ११ २०७७
    1K
    Shares
  • १ मिनेट पाठ
  • कैलाली, ११ वैशाख । नेपालमा कोरोना संक्रमित ४७ पुगिसकेका छन् । त्यसमध्ये निको भएर फर्किनेको संख्या पनि १० पुगिसकेको छ । आजमात्रै कैलालीकी ५० वर्षीया महिला सेती प्रादेशिक अस्पतालबाट उपचारपछि निको भएर घर फर्किएकी छन् । ५० बर्षीया ती महिला लम्कीचुहा नगरपालिका वडा नम्वर १ की हुन् । उनी चौथो कोरोना संक्रमित हुन् ।  

    पर्साको वीरगञ्जबाट आएर क्वारेन्टाइन बसेपछि उनको स्वास्थ्य परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । 

    पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टका दुई जना कोरोना संक्रमितहरु बिहीबार उपचारपछि घर फर्किएका छन् । उनीहरु बेलायतबाट चैत ४ गतेको कतार एयरलाइन्सबाट फर्किएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार