काठमाडौं । एमाले नेता कर्ण थापाले सत्य र न्यायको पक्षमा लडिरहने बताएका छन् । थापाले षड्यन्त्र र दाउपेचलाई घृणा गर्दै आएको बताउँदै केपी शर्मा ओलीलाई अध्यक्ष बनाउन सून्यबाटै सुरू गरेको उल्लेख गरेका छन् ।
ओलीलाई सफलताको शिखरसम्म पु¥याउन धेरैको योगदान रहेको र आफू उनको पक्षमा अविचलित साथमा रहेको कुरा पनि उल्लेख गरेका छन् । सातौं, आठौं र संसदीय दलको नेता हुने निर्वाचन प्रतिनिधि रहेको उल्लेख गर्दै सामाजिक संजालमा सत्य कुरा नबुझी बिरोध वा समर्थन नगर्न आग्रह गरेका छन् ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई एमालेको अध्यक्ष बनाउनुपर्छ, ओलीलाई बिदा गर्नुपर्छ भन्दैआएका नेता थापा लेख्छन्–‘बामदेव, सीपी, आरकेहरूले माधव नेपाललाई महासचिवबाट हटाउन खोज्दा माधव जोगाउन लडियो । माधवले पार्टी शक्तिको दुरूपयोग गरी केपी, शंकर, प्रदीप, गुरु बराल, देवराज घिमिरेहरूलाई किनाराकृत र अपमान गर्दा माधवको विपक्षमा लडियो ।
कमरेड केपीलाई अध्यक्ष बनाउन सून्यबाटै सुरू गरियो । सफलताको शिखरसम्म पु¥याउन धेरैको योगदान रह्यो, म अविचलित साथमा रहे । म कमरेड केपीको सातौं, आठौं र संसदिय दलको नेता हुने निर्वाचन प्रतिनिधि रहें ।
राजा वीरेन्द्र जीवितै हुँदा म वीरेन्द्र भन्दा ६ वर्ष जेठो हुँ भन्ने अन्तर्वार्ता प्रकाशन भएपछि राजा हुन पाउने रविन्द्रको हक खोसिनु हुन्नथ्यो भनेर जनआस्था साप्ताहिकमा लेख नै लेखियो । त्यो लेख दरबारको नोटिसमा पर्यो । २०१५ सालको एसएलसी टपर प्रकाशचन्द्र लोहनी होइनन्, प्रकाशचन्द्र जोशी भन्ने तथ्यमा म उभिएको हो ।
प्रधानन्यायाधीश बिश्वनाथ उपाध्यायले एमालेलाई अपमान गर्दा उनको विरूद्वमा पनि लेखियो, मानहानीको मुद्दा भने खेप्नुपरेन । यी केही दृष्टान्तमात्रै हुन् । यस समयसम्म आइपुग्दा अनेकौं भोगाइहरू छन् ।
सत्य र न्यायको पक्षमा लडिरहने मेरो रोजाइ हो । म जे हुँ, त्यति बुझिदिए मलाई पुग्छ । षड्यन्त्र र दाउपेचलाई घृणा गर्छु । सही कुरा नबुझी, समर्थन वा विरोध नगर्न सबैमा अनुरोध छ ।’
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौँ। सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायु कुमार श्रेष्ठलाई नियुक्त गरेको छ। आज (शुक्रबार)बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। यसअघि उनले...
काठमाडौँ। सरकारले शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले बैठकले गरेका प्रमुख निर्णयबारे जानकारी दिएका हुन्। प्रधानमन्त्री तथा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend