Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • अमेरिकामा दुई दशक यताकै शक्तिशाली भूकम्प


    शुक्रबार, असार २० २०७६
    785
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं, २० असार (एजेन्सी) । अमेरिकामा स्वतन्त्रता दिवसकै दिन क्यालिफोर्नियामा शक्तिशाली भूकम्प गएको छ । क्यालिफोर्निया राज्यको लस एन्जलसबाट उत्तरपूर्वमा रहेको रिजक्रेस्ट नगर केन्द्रविन्दु भएर गएको भूकम्प ६.४ रेक्टर स्केल मापन गरिएको छ ।

    आजको भूकम्पलाई दक्षिण क्यालिफोर्नियाको २ दशकयताकै शक्तिशाली मानिएको छ । अहिले पनि परकम्प गइरहेको छ भने कुनै परकम्प शक्तिशाली हुने भन्दै सचेत रहन भनिएको छ ।

    भूकम्पबाट भौतिक क्षति पुगेको विवरण प्राप्त भएको छ । तर मानवीय क्षतिबारे जानकारी प्राप्त नभएको सञ्चार माध्यमले उल्लेख गरेका छन् ।
    भूकम्पले दक्षिण क्यालिफोर्नियामा सबैभन्दा बढी क्षति पुगेको छ । भूकम्पपछि करिब २ दर्जन स्थानमा आगलागी भएका छन् ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि भूकम्पलगत्तै ट्वीट गरेर स्थिति नियन्त्रणमा रहेको बताएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार