Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • माधव नेपाललाई भेट्न कोटेश्वर पुगे अमेरिकी राजदूत बेरी


    बुधबार, माघ १४ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालसँग भेटवार्ता गरेका छन् । नयाँ राष्ट्रपति जो बाइडेनले पदभार ग्रहण गरेपछि उनले राजनीतिक भेटवार्ता बढाएका छन् ।

    यसैक्रममा राजदूत बेरीले बुधवार विहान विभाजित नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालसँग भेट गरेका हुन् । नेपाल निवास कोटेश्वरमा भएको भेटमा नेपाल र अमेरिकाको पछिल्लो राजनीतिक विकासक्रम र आपसी हितका विषयमा कुराकानी भएको विदेश विभाग उपप्रमुख विष्णु रिजालले बताए ।

    बेरीले यसबीचमा राष्ट्रपति विद्यादेवी भण्डारी,प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरवहादुर देउवा र विभाजित नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरिसकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार