Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ‘ओली संसद विघटनको पाप पखाल्न पशुपतिनाथ पुगेका हुन्’


    मंगलबार, माघ १३ २०७७
    885
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • मुगु । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका नेता भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली पाप पखाल्न पशुपतिनाथ पुगेको आरोप लगाएका छन् ।

    मंगलबार गमगढीमा प्रचण्ड(नेपाल समूहले गरेको विरोध सभामा बोल्दै रावालले प्रधानमन्त्रीले संविधानमाथि लात हानेर संसद विघटन गरेको पाप पखाल्न प्रधानमन्त्री ओली  पशुपतिनाथको मन्दिर पुगेको दावी गरे ।

    नेपाली जनता र संविधानमाथि गरेको अपराधको पाप पखाल्न पशुपतिमा पुगेर ओलीले दिप बत्ती बाल्न थालेको नेता रावलको भनाइ थियो ।

    ‘संसद् विघटनको चौतर्फी विरोध हुन थालेपछि आफूले गरेको असंवैधानिक कदमको पाप पखाल्न प्रधानमन्त्री पशुपति पुगेका हुन्,’ रावलले भने,’ तर पशुपतिले प्रधानमन्त्रीलाई पापको क्षमा दिने छैनन् ।’ ओलीलाई काम गर्न पार्टीबाट कुनै अवरोध नभएको, विदेशीसंग झुक्‍न थालेको, एमसीसी सम्झौता गर्ने, कानुन विरोधी काम गर्न थालेपछि पार्टीले उनका कार्यशैलीलाई रोक्न निर्देशन मात्र दिएको रावलको भनाई छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार