Nepal Face
  • आइतबार, १० साउन २०८३
  • संसद विघटनविरुद्ध प्रचण्ड–नेपाल समूहद्वारा काठमाडौंमा सिटी जुलुस


    मंगलबार, माघ १३ २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले प्रतिनिधि सभा विघटन गरेको भन्दै त्यसको विरोधमा काठमाडौंमा सिटी जुलुस निकालेको छ ।

    केन्द्रीय संघर्ष समितिको तेस्रो चरणको आन्दोलको कार्यक्रमअनुसार मंगलबार दिउँसो प्रधानमन्त्री केपी शर्मा ओलीको असंवैधानिक कदमबिरूद्ध सिटी जुलुस निकालेको हो ।

    प्रचण्ड–नेपाल समूहका नेता, कार्यकर्ता लैनचौरमा भेला भएर जुलुस निकालेका हुन् । पुस ५ गते प्रधानमन्त्री ओलीले संसद् विघटन गरेर वैशाखमा निर्वाचन घोषणापछि नेकपा दुई समूहमा विभाजन भएको छ ।

    साथै नेकपा प्रचण्ड–नेपाल समूहले चरणबद्ध रूपमा आन्दोलका कार्यक्रम गरिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार