काठमाडौं । स्वास्थ्य सेवा विभागमा ठेक्काको नाममा भइरहेको अर्बौंको खुला लुट अब जनस्वास्थ्यको टाट पल्टिने तहमा पुगेको छ । अस्पतालमा सामान्य औषधिदेखि पोषण सामग्रीसम्म अभाव छ, तर ठेकेदार र विभागीय कर्मचारीहरूको मिलेमतोमा बजेट बाँडफाँट धमाधम भइरहेको छ ।
मन नपरेका ठेकेदारलाई ठेक्का पर्यो भने अनेक झमेला खडा गरेर प्रक्रिया रोकिन्छ, मोलमोलाइ नमिल्दा सम्झौता हुँदैन, तर कमिसन मिल्ने ठाउँमा भने कानुनसम्मत देखाएर अर्बौंको भुक्तानी सहजै निकालिन्छ ।
२०७४-०७५ तिरको एउटा मर्मतसम्बन्धी ठेक्कामा त झन् निर्माण कार्य नै नसकिँदै ठेकेदारको धरौटी रकम फिर्ता गरिएकोे छ, त्यो पनि अस्वाभाविक ढंगले । लाइफलाइन ट्रेड इन्टरप्राइजेजलाई ५२ लाख १३ हजार, हस्पिटेक इन्टरप्राइजेजलाई ५१ लाख ८५ हजार भुक्तानी दिइयो, तर मेडिलक्स सिस्टमजस्तो उस्तै प्रकृतिको कम्पनीलाई भने ४६ लाखको भुक्तानी रोकिएको छ । एउटै प्रकृतिको काम, एउटै प्रक्रिया, तर एउटालाई दिइने र अर्कोलाई रोकिने ? स्पष्ट छ– यहाँ मापदण्ड होइन, मिलेमतो चलेको छ ।
भुक्तानी प्रक्रिया जबर्जस्ती अघि बढाउन लेखाका उपसचिव भीम देवकोटा सक्रिय बनेको देखिन्छ । उनले विभागका महानिर्देशक टंकप्रसाद बाराकोटीलाई प्रभावमा पार्दै अख्तियारको समेत दुरुपयोग गर्दै निर्णय गराएका हुन् । लेखा अधिकृत त्रिभुवन खनाल, जनस्वास्थ्य प्रशासक तथा खरिद प्रमुख दयाकृष्ण पन्तजस्ता कर्मचारीहरू समेत यही खेलमा संलग्न रहेको बताइन्छ ।
DOHS का विभिन्न कोड नम्बर भएका ठेक्काहरूमा समेत बार्गेनिङका कारण प्रक्रिया अलपत्र परिरहेका छन् । DOHS/G/NCB-37.3/MD/2081-082 मा बार्गेनिङ चलिरहेको छ, DOHS/G/NCB-20/FCD/2081-082 र DOHS/C/ICB-25/FWD/2081-082 ठेक्का रद्द भइसकेको छ । DOHS/G/NCB-38/MD/2080-082 मा प्राविधिक प्रस्ताव पास भएका दुई कम्पनी योग्य हुँदाहुँदै पनि ठेक्का नै अगाडि बढाइएको छैन । किनभने बालाजी सर्जिकल सप्लायर्स- जुन खरिद प्रमुख पन्तको निकटका व्यापारीको हो – अयोग्य घोषित भएपछि लेनदेनको सेटिङ मिलेन, त्यसैले बाँकी योग्य कम्पनीलाई समेत पन्छाइएको छ।
विभागभित्र ठेक्काको नाममा चलिरहेको यो गम्भीर आर्थिक अपचलनको जड नै मिलेमतो, सेटिङ र दलालहरूको ‘होलसेल ठेक्का कारोबार’ हो । विचौलिया विशाल पण्डितजस्ता पात्रको चलखेलले प्रक्रिया नियन्त्रणमा लिएको छ, जबकि उनी र उनका कम्पनी हस्पिटेक र लाइफलाइनका विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिशेष अदालतमा २ वटा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
अख्तियारले २०८२ बैशाख १२५ गते हस्पिटेक इन्टरप्राइजेजका सञ्चालक विशाल पण्डितसमेत १५ जना र हस्पिटेक प्रालिका विरुद्ध १९ करोड ४६ लाख १३ हजार एक सय २० बराबरको बिगो दाबी गरेको छ ।
त्यसैगरी २०८० चैत १८ गते पण्डितविरुद्ध कोशी प्रादेशिक अस्पतालका लागि उपकरण खरिद गर्ने क्रममा कम कबोल गर्नेलाई ठेक्का नदिई बढी कबोल गर्नेलाई खरिदको जिम्मा दिइएको आरोप लगाइएको छ । हस्पिटेक इन्टरनेशनल प्रालि र संचालक बिशाल पण्डितविरुद्ध ३ करोड रुपैयाँ बिगो मागदाबी गरिएको थियो ।
दुई दुई वटा भ्रष्टाचार मुद्दा विशेष अदालतमा दर्ता भएका पण्डितलाई नै बिभागदेखि स्वास्थ्य मन्त्रालय अन्तर्गतका निकायले सेटिङमा ठेक्का दिने र भुक्तानी पनि तत्कालै अगाडि बढाउने गरेका छन् ।
यता स्वास्थ्यमन्त्री प्रदीप पौडेल दिनदिनै सुशासनको भाषण दिँदै हिंडिरहेका छन्, तर विभागको यो बर्बादीबारे आँखा चिम्लिएका छन् । लाखौँको पोषण सामग्रीदेखि करोडौँको खोपसम्म अभावमा छन्, तर कमिसनको सेटिङ नमिलेको भन्दै प्रक्रिया रोकिएको छ ।
यो खुला ठगी हो– जो कानुनको नाममा ढाकछोप गरिँदैछ, तर भित्रभित्रै जनताको स्वास्थ्य, करदाता रकम र राज्य संयन्त्र लुटिंदैछ ।
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
बीरगञ्ज । मुलुकको अर्थतन्त्रलाई खोक्रो पार्ने आर्थिक अपराधका रुपमा अबैध हुन्डी कारोबारलाई लिने गरिएको छ । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढी अवैध हुन्डी कारोबारसँग...
कलैया । बाराको फेटा गाउँपालिका–३, फेटाका चार युवाले नेपाल प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) पदमा सफलता हासिल गरेपछि गाउँमा खुसी छाएको छ । एउटै वडाका चार...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा मुद्दा सेटिङमा मात्र होइन, सहरी विकास तथा भवन बिभागले निर्माण गर्नुपर्ने सर्वोच्च अदालतको भवनको ठेक्का सेटिङको बिषयमा पनि छानबिनमा...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend