Nepal Face
  • आइतबार, १० साउन २०८३
  • अराजकता बढे प्राप्त उपलब्धी खतरामा पर्ने – खनाल


    बुधबार, बैशाख १० २०७७
    1.6K
    Shares
  • १ मिनेट पाठ
  • काठमाडौं,१० बैशाख । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को ७१ औं स्थापना दिवसमा  वरिष्ठ नेता झलनाथ खनालले पार्टीमा अराजकतावाद बढ्यो भने प्राप्त उपलब्धी खतरामा पर्न सक्ने उल्लेख गरेका छन्  ।

    नेकपाको स्थापना दिवसको अवसरमा बुधबार जारी विज्ञप्तिमा खनालले भनेका छन्, ‘पार्टीमा अराजकतावादी र नोकरशाही प्रवृत्ति बढ्न थाले र मुलुकलाई अस्थिरतातिर उन्मुख बनाउने राजनीतिक प्रवृत्ति बढ्न थाले भने हामीले प्राप्त गरेका उपलब्धी नै गुम्ने खतरा पैदा हुन्छ ।’

    पूर्व प्रधानमन्त्री समेत रहेका नेता खनालले सबैलाई एकताबद्ध भएर कोरोना महामारी विरुद्ध लड्न समेत आग्रह गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार