Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रास्वपा र राप्रपाको अवरोधकाबीच सभामुखले पेलेरै अघि बढाए संसद्


    शुक्रबार, जेष्ठ ३० २०८२
    945
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभाको बैठकमा सत्तारुढ नेपाली कांग्रेस र नेकपा एमाले तथा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र एक ठाउँमा उभिएपछि सभामुख देवराज घिमिरेले संसद् बैठक पेलेरै अघि बढाएका छन् ।

    प्रतिनिधिसभा बैठकमा प्रतिपक्षी दल रास्वपा र राप्रपाले अवरोध कायम राखेका छन् । भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले जेठ १३ गते देखि संसद् अवरोध गर्दै आएका थिए ।

    तीन ठुला राजनीतिक दलले आजै भिजिट भिसा काण्डका कारण अवरुद्ध संसद् सुचारु गर्न दुई बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् । नेकपा माओवादी केन्द्र र सत्तारुढ दलको तर्फबाट नेकपा एमालेले समझदारी गरेको छ ।

    कांग्रेस, एमाले र माओवादीका प्रमुख सचेतकहरूले दुई बुँदे सहमतिमा हस्ताक्षर गरेका छन् । यो सहमतिमा रास्वपाले हस्ताक्षर गरेको छैन । रास्वपाले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन समितिको अडान छाडेको छैन ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार