Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन जाने


    शुक्रबार, जेष्ठ ३० २०८२
    770
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्पेन भ्रमणमा जाने भएका छन् । सेभिल सहरमा असार १६–१९ गतेसम्म आयोजना हुने विकासको लागि वित्तपोषण सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली असार तेस्रो साता स्पेन जाने भएका हुन् ।

    परराष्ट्रमन्त्री आरजु राणा देउवाले अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा प्रधानमन्त्री ओलीको स्पेन भ्रमणबारे जानकारी दिएकी हुन् ।

    यसबारे नेपालले धेरै तयारी गरेको र यसबारे केहीदिन अघि भर्चुअल बैठक हुँदा प्रधानमन्त्री ओलीले सम्बोधन गरेको पनि उनले सुनाइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार