Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • अनेरास्ववियुको नयाँ नेतृत्वका लागि आज मतदान हुने


    बिहिबार, जेष्ठ २९ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेकपा (एमाले)निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को नयाँ नेतृत्व सहमतिमा चयन गर्न पार्टी नेतृत्व अन्तिम घडीसम्म लागे पनि असफल भएपछि अन्ततः आज निर्वाचन हुने भएको छ ।

    आज बिहान ८ देखि अपराह्न ४ बजेसम्म निर्वाचन हुने कार्यतालिका रहेको महाधिवेशन अध्यक्ष मण्डलका सदस्य माधव ढुङ्गेलले जानकारी दिएका छन् । मतदान विद्युतीय मेसिनबाट हुनेछ ।

    ढुंगेलका अनुसार बुधबार उम्मेदवारको अन्तिम नामावली सार्वजनिक र विद्युतीय मेसिनलाई उम्मेदवारीका नाम राख्ने काम सम्पन्न भइसकेको छ ।

    २४औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वका लागि डा. सुजन कडरिया र प्रकाश पौडेलले उम्मेदवारी दिएका छन् । खुला एक उपाध्यक्षमा विकास श्रेष्ठ, राजकुमार ढकाल, भरतसिंह धामी, धर्मेन्द्र केसी, गणेशबहादुर शाहीले उम्मेदवारी दिएका छन् ।
    त्यसैगरी, एक महिला उपाध्यक्षमा भवानी बजगाईं, अञ्जना सिवाकोटी, सुजिता धिताल र आरती भट्टराईले उम्मेदवारी दिएका छन् । महासचिवमा आरके रोमश, दीपक धामी र सुनिल कँडेलले उम्मेदवारी दिएका छन् ।
    महाधिवेशनमा करिब एक हजार ५ ुय ४३ जना प्रतिनिधिले मतदान गर्नेछन् ।

    हाल विभिन्न पदमा ५ सय १९ जना उम्मेदवार भएकाले एक जनालाई कम्तीमा १५ देखि २० मिनेट मतदान गर्न समय लाग्ने जनाइएको छ । अनेरास्ववियुमा पहिलोपटक ३२ वर्ष उमेर हदअनुसार निर्वाचन हुँदैछ । महाधिवेशन यही जेठ २५ देखि सुरु भएको हो । पार्टी नेतृत्वले अध्यक्षमा डा. कडरिया र महासचिवमा धामीलाई सहमतिमा चयन गर्न खोजे पनि त्रिविवि हलमा निर्वाचनको माग गर्दै चर्को नाराबाजी भएपछि मतदान गर्न बाध्य भएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार