Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पार्टीमा एकता भए सुदूरपश्चिममा एमालेले १६ सिट नै जित्छ, नभए शून्य हुन्छ : लेखराज भट्ट


    बुधबार, जेष्ठ २८ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • धनगढी । नेकपा एमालेका सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्टले पार्टीभित्र एकता कायम भए २०८४ मा सुदूरपश्चिम प्रदेशका सबै १६ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा जित हासिल गर्न सफल हुने बताएका छन् ।

    नेपाल खेलकुद महासंघ सुदूरपश्चिम प्रदेशको दोस्रो अधिवेशनलाई सम्बोधन गर्दै उनले पार्टीभित्र आन्तरिक एकता नभए हाल प्राप्त दुई सिट समेत गुमाएर पार्टी शून्य सिटमा झर्न सक्ने चेतावनी दिए ।

    पार्टीमाथि आन्तरिक र बाह्य दुवै कोणबाट आक्रमण भइरहेको बताउँदै उनले यस्तो अवस्थामा जनवर्गीय सङ्गठनहरू सक्रिय भएर अग्रपंक्तिमा उभिनु पर्ने आवश्यकता रहेको बताए ।

    उनले भने, ‘पार्टी सङ्कटमा पर्दा हामी सबै अग्रपंक्तिमा उभिनुपर्छ । एमाले अहिले पनि बलियो बन्दै गएको छ, त्यसैले पार्टीमाथि घेराबन्दी भइरहेको छ । पार्टीका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्रीमाथि समेत आन्तरिक र बाह्य रूपमा दबाब दिइएको छ, त्यसको प्रतिकार गर्न हामी सबै एकजुट हुनुपर्छ ।’

    पार्टी अध्यक्षको आत्मबल र सक्रियता सबैका लागि प्रेरणादायी भएको उल्लेख गर्दै उनले देश निर्माणमा समर्पित भएको पनि जनाए । अध्यक्ष केपी शर्मा ओलीले दिनको २० घण्टा काम गर्ने गरेको जनाउँदै  यस्तो नेतृत्वबाट खेलाडीहरूले पनि प्रेरणा लिनुपर्नेमा जोड गरेका छन् ।

    ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियानलाई आत्मनिर्भर भएर अघि बढाउनु पर्ने भन्दै उनले सबैलाई पार्टीभित्र अनुशासन र एकताको भावना आत्मसात् गर्न उनले आह्वान गरे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार