Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रास्वपाको ५ बुँदे प्रस्तावमा विपक्षी दलको समर्थन


    बुधबार, जेष्ठ २८ २०८२
    915
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा माओवादी केन्द्रलगायत विपक्षी दलले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकमाथि छानबिनको सुनिश्चितता नभएसम्म सदन चल्न नदिने निष्कर्ष निकालेको छ ।

    साथै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले अघि सारेको ५ बुँदे प्रस्तावमा माओवादीलगायतका विपक्षी दलले समर्थन जनाएका छन् । बुधबार रास्वपाको ५ बुँदे प्रस्तावमा साझा धारणा बनाउन बसेको बैठकले आफ्नो माग यथावत रहेको निष्कर्ष निकालेको माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले बताए ।

    आफूहरूले छानबिन समितिको माग राखेकोबारे अहिले विभिन्न चरणमा छलफल चलिरहेको उनले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार