काठमाडौं । पतञ्जली योगपीठलाई हदबन्दीभन्दा बढी जग्गा किनबेच गर्न छुट दिंदा भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहित ९३ जनाबिरुद्ध मुद्दा दायर गरेपछि देश तरंगित छ ।
माधव नेपाल प्रधानमन्त्री हुँदा पतञ्जलीलाई हदबन्दीभन्दा बढी जग्गा किनबेच गर्न दिँदा मन्त्रिपरिषदको बिधायन समितिबाट निर्णय भएको थियो । बिधायन समितिमा रहेका मन्त्रीहरुलाई भने अख्तियारले मुद्दा दर्ता गरेको छैन । माधव नेपाल प्रधानमन्त्री हुँदा उनका प्रमुख राजनीतिक सल्लाहकार रहेका रघुजी पन्त वर्तमान शिक्षामन्त्री छन् । पन्तको सल्लाहबिना माधव नेपालले कुनै पनि निर्णय गर्दैनथे ।
पतञ्जलीलाई हदबन्दीभन्दा बढी जग्गा दिने र लगत्तै त्यो जग्गा बेचेर अर्को जग्गा खरिद गर्न दिने निर्णय पन्तको सल्लाहमै भएको नेकपा एकीकृत समाजवादीका नेता रामचन्द्र झाले बताएका छन् । सोमबार नेकपा एकीकृत समाजवादी जनकपुर नगरद्वारा आयोजित एक कार्यक्रममा झाले शिक्षामन्त्री पन्त त्यतिबेला राजनीतिक सल्लाहकार थिए । उनकै सल्लाहमा प्रधानमन्त्रीले पतन्जलीलाई जग्गा दिने निर्णय गरेका हुन् ।
आचार्य बालकृष्णको नाता समेत पर्ने एमालेकी सचिव पद्मा अर्यालले समेत माधव नेपाललाई उक्त जग्गा पतन्जलीलाई दिन रातदिन दबाब दिएको कुरा जगजाहेर छ । तर जग्गा दिन दबाब दिने एमालेका नेताहरुलाई जोगाएर पन्तजलीमा माधव नेपाललाई फसाउने एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको आरोप झाले लगाएका छन् । पतन्जली योगपीठका ट्रष्टी शालिग्राम सिंह नेपाली कांग्रेसका हुन् । उनले पतन्जलीलाई जग्गा दिलाउन तत्कालीन उपप्रधान तथा परराष्ट्रमन्त्री सुजाता कोइरालामार्फत् दबाब दिएका बताएका छन् । उनी भन्छन्–शालिग्राम सिंह नटवरलाल हुन् । उनी नेपाली कांग्रेसबाट समानुपातिक सांसदमा सिफारिसमा परेका ब्यक्ति हुन् ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend