Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • संगीता पहाडी २ लाख धरौटीमा छुटिन्, अख्तियारले मागेको थियो साढे ३३ करोड बिगो


    मंगलबार, असार २४ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बिलिङ भ्रष्टाचारको मुद्दामा विशेष अदालतले नेपाल टेलिकमकी प्रबन्ध संचालक संगीता पहाडी अर्याललाई २ लाख रुपैयाँ धरौटीमा छाडेको छ ।

    मंगलबार विशेष अदालतमा हाजिर भएकी अर्याललाई २ लाख धरौटीमा छाड्ने आदेश दिएको हो ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडीसहित १८ जनाविरुद्ध गएको जेठ २५ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

    पहाडीसँग अख्तियारले ३३ करोड ४८ लाख रुपैयाँ बिगो मागदाबी गरेको थियो । अर्यालसहित पूर्व प्रबन्ध निर्देशक सुनिल पौडेल १८ जनासँग नै जनही ३३ करोड ४८ लाख नै धरौटी माग गरेको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार