Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • कांग्रेस र माओवादी केन्द्रबीचको छलफल निष्कर्षबिहीन


    आइतबार, जेष्ठ २५ २०८२
    940
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीचको छलफल निष्कर्षबिहीन भएको छ।

    संसदको गतिरोध अन्त्यका लागि आज (आइतबार) दिउँसो नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कासहित माओवादी नेताहरूबीच छलफल भए पनि सहमति हुन नसकेको हो । छलफलपछि माओवादीका प्रमुख सचेतक हितराज पाण्डेले भने, ‘कुरा मिलेन।’

    भिजिट भिसा प्रकरणमा नेपाली कांग्रेसका नेतासमेत रहेका गृहमन्त्री रमेश लेखकको संलग्नताको दाबी गर्दै माओवादीसहित प्रतिपक्षी दलले छानबिन समिति गठनको माग गर्दै आइरहेका छन्। कांग्रेस भने समिति बनाउन तयार भएको छैन।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार