Nepal Face
  • आइतबार, १० साउन २०८३
  • १ बजेका लागि बोलाइएको संसद् बैठक अझै सुरु भएन


    आइतबार, जेष्ठ २५ २०८२
    620
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । डेढ घण्टा बित्दासम्म संसद् बैठक सुरु हुन सकेको छैन । भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको राजीनामा एवं छानबिन समितिको माग राख्दै विपक्षी दलले १० दिनदेखि सदन अवरुद्ध गरिरहेका छन् ।

    विपक्षीको निरन्तर कायमै भएपछि सभामुख घिमिरेले आज दिउँसो १ः०० बजेसम्मलाई बैठक स्थगित गरेका थिए ।

    अहिले थप रणनीति बनाउन ‘प्रचण्ड’ले विपक्षी दलको बैठक राखिरहेका छन् । माओवादी प्रमुख सचेतक हितराज पाण्डेले विपक्षीको बैठक सकिएपछि निर्णय लिएर आउने सभामुखलाई जानकारी गराएको सभामुख देवराज घिमिरेको सचिवालयले जनाएको छ ।

    विपक्षीले असहयोग गरे पनि आजदेखि सदन सञ्चालनको तयारीमा सत्तापक्ष पुगेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार