भक्तपुर, १० वैशाख ।चाँगुनारायण नगरपालिकाले कोरोना भाइरस (कोभिड–१९)को रोकथाम तथा नियन्त्रणको लागि स्थापना गरेको प्रकोप व्यवस्थापन कोषमा हालसम्म आठ लाख १२ हजार पाँच सय जम्मा भएको छ ।
भक्तपुरका २२ वटा संघसंस्थाहरुले उक्त कोषमा सहयोग गरेका छन् । दुःख सुखमा जनताको सारथीको रुपमा स्थापीत हुँदै गएको चाँगुनारायणले नगरभित्रका कोही पनि जनतालाई परेको समस्यालाई आफ्नो समस्याको रुपमा हेरी काम गरिरहेको छ ।
संकटको समयमा कोही भोकै हुन दिने छैन, जनताको जहाँ समस्या छन् त्यसको समाधान नगरपालिकाले गर्ने उद्घोषका साथ अघि बढेको नगरपालिकाले गरिव, मजदुर तथा विपन्न परिवारलाई हालसम्म २१ एक सय ३४ परिवारलाई राहत वितरण गरेको छ ।
यसै क्रममा नगरपालिकाले मुलुकको कोरोनाबाट सिर्जित संकटलाई व्यवस्थापन गर्न कृषी क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ । जसको लागि नगरपालिकाले प्रत्येक वडाका कृषकहरुलाई ५० प्रतिशत छुटमा विउसमेत बितरन गरेको छ ।