Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मुख्यमन्त्रीविरूद्धका अविश्वास प्रस्तावबारे बुढानिलकण्ठ बैठकमा छलफल


    शुक्रबार, माघ ९ २०७७
    985
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडाैं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अविश्वास प्रस्ताव दर्ता भएका प्रदेश नम्बर १ र बागमती प्रदेशमा के गर्ने भन्नेबारे पार्टीका नेताहरूसँग छलफल गरेका छन् । देउवा निवास बुढानिलकण्ठमा शुक्रबार भएको छलफलमा अविश्वास प्रस्ताव दर्ता भएका प्रदेशका मुख्यमन्त्रीहरू विरूद्धमा उभिने कि सघाउने भन्नेबारे छलफल भएको थियो।

    बागमती प्रदेशमा नेकपाका प्रचण्ड-नेपाल समूहले मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरेका थिए। सभापति देउवाले राखेको उक्त छलफलमा सहभागी रहेका कांग्रेसका एक जना केन्द्रीय सदस्यले अविश्वास प्रस्ताव दर्ता भएका प्रदेशहरूमा पार्टीले के गर्ने भन्ने छलफल भए पनि कुनै निर्णय नभएको जानकारी दिए । 

    ती नेताका अनुसार सम्बन्धित प्रदेशका संसदीय दलको बैठक गर्ने र संसदीय दलको निर्णयअनुसार पार्टीले औपचारिक निर्णयहरू गर्ने तयारी छ। बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेलसहित केही केन्द्रीय सदस्य उपस्थित थिए। मुख्यगरी बागमती प्रदेशभित्र रहेका केन्द्रीय सदस्यहरूलाई देउवाले बैठकमा बोलाएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार