Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • जात होइन, कर्मले मूल्याङ्कन गरिने समाज बनाऔं: प्रधानमन्त्री


    बुधबार, जेष्ठ २१ २०८२
    590
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले जातका आधारमा नभई कर्मले मूल्याङ्कन गरिने समाज निर्माण गर्न आग्रह गरेका छन् ।

    जातीय छुवाछूत उन्मूलन दिवसका अवसरमा शुभकामना दिँदै उनले जात र थरको आधारमा होइन, कर्म, विचार र योगदानका आधारमा मूल्याङ्कन गरिने समाज निर्माण गर्नुपर्नेमा जोड दिएका हुन् ।

    ‘आमाले जात जन्माउँदिनन्, नवजात मानव जन्माउँछिन् । नवजात शिशु हिँड्न थालेपछि समाजले जात र थर सोध्न थाल्यो,’ उनले भनेका छन्, ‘मानवता भन्दा माथि कुनै जात छैन । रगत सबैको एउटै रङको हुन्छ, आँसु सबैको उस्तै वेदनाले बग्छ ।’

    प्रधानमन्त्री ओलीले सबैमा समभाव र समानताको विकास गर्न पनि आग्रह गरेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार