Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • प्रतिनिधिसभा बैठक २ बजेलाई सर्यो


    मंगलबार, जेष्ठ २० २०८२
    810
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रतिनिधिसभा बैठक २ बजेलाई सारिएको छ । बिहान ११ बजेका लागि बोलाइएको बैठक सदनको अवरोध अन्त्यका लागि पहल जारी रहेको भन्दै दिउँसो २ बजेलाई सारिएको हो ।

    भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक जोडिएको भन्दै विपक्षी दलहरूले उनको राजीनामा मागेर सदन अवरुद्ध पार्दै आएका छन् । गृहमन्त्रीले आफ्ना कुरा सदनसमक्ष राख्ने भन्दै सभामुखसँग पटकपटक समय मागे पनि उनले बोल्न पाएका छैनन् ।

    लगातार सदन अवरुद्ध रहेकाले सभामुख देवराज घिमिरेले आजै विपक्षी दलहरूसँग छलफल गरी सदनमा गृहमन्त्रीले आफ्ना भनाइ राख्ने वातावरण बनाइदिन आग्रह गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार