Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • गृहमन्त्रीको राजीनामा नआई संसद् सुचारु हुन नदिने माओवादीको अडान


    मंगलबार, जेष्ठ २० २०८२
    775
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा नआई संसद् सुचारु हुन नदिने आफ्नो अडानमा कायमै रहेको छ।

    प्रतिनिधिसभाको बैठक बस्नुअघि मंगलबार बिहान सभामुख देवराज घिमिरेले बोलाएको मुख्य दलका प्रमुख सचेतकहरुसँगको छलफलमा माओवादीले संसद् सहज रुपमा सञ्चालन गर्न गृहमन्त्रीको राजीनामा आउनुपर्ने सर्त कायमै राखेको हो।

    बैठकमा सत्तारुढ नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौला, नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरे र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे सहभागी थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार