Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रास्वपाको संसदीय दल र सचिवालय बैठक बस्दै


    सोमबार, जेष्ठ १९ २०८२
    840
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज संसदीय दल र सचिवालय बैठक आह्वान गरेको छ । आज दिउँसो एक बजे पार्टी कार्यालय बनस्थलीमा केन्द्रीय सचिवालय बैठक बस्ने तय भएको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए ।

    त्यस्तै, दिउँसो ३ बजे संसदीय दलको बैठक बस्ने उनले बताए । उनका अनुसार संसदीय दलको बैठक पनि पार्टीको केन्द्रीय कार्यालयमै बस्दैछ ।

    आजको बैठकमा समसामयिक राजनीतिबारे छलफल हुनेछ । त्यस्तै भिजिट भिसा प्रकरण र गृहमन्त्री रमेश लेखकको राजीनामाबारे छलफल हुने झाले बताए ।

    यस्तै, पार्टीको महाधिवेशन केन्द्रित गतिविधि, पालिका र वडा तहका कमिटीहरूको अधिवेशनबारे पनि बैठकमा छलफल हुने झाले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार