काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहका महासचिव विष्णु पौडेलले संसद पुनःस्थापनाको सम्भावना नरहेको दाबी गरेका छन् ।
बिहीबार ओली निकट प्रेस संगठन नेपालले आयोजना गरेको भेलालाई सम्बोधन गर्दै महासचिव पौडलले संसद पुनःस्थापनाको सम्भावना नरहेकाे तर सर्वोच्चले गर्ने निर्णयलाई आफूहरुले स्वीकार्ने बताए ।
अर्थमन्त्रीसमेत रहेका महासचिव पौडेलले तोकिएको समयमा चुनावमा हुने समेत दाबी गरे। आगामी वैशाख १७ र २७ गते नै प्रतिनिधि सभाको चुनाव हुन्छ। त्यसका लागि सरकारी निकायले तयारी थालिसकेका छन्। कोही–कोहीले चुनाव हुँदैन भनेर भ्रम छरिरहेका छन्। तर, तपाईंहरु ढुक्क हुनुहोस् चुनाव हुन्छ,’ उनले भने।
अर्को प्रसंगमा उनले पार्टी एकता जोगाइरहन आफूहरुले धेरै प्रयास गरेपनि अर्को पक्षले नमानेको आरोप लगाए। सरकारलाई काम गर्न नदिएपछि प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेको उनको भनाई छ।
काठमाडौँ । राष्ट्रपतिको कार्यालयका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सर्वोच्च अदालतमा चार जना न्यायाधीश नियुक्त गरेका छन्। नवनियुक्त न्यायाधीशहरूलाई राष्ट्रपति पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश डा. मनोज शर्माले...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले चीन भ्रमणमा जान लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूसँग सिंहदरबारमा छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डल कात्तिक २९ गतेदेखि चीनको भ्रमणमा जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सिपीसी) को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार...
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ रुसको राजधानी मस्को प्रस्थान गरेका छन् । अखिल रुसी राजनीतिक दलको आयोजनामा नोभेम्बर १४ देखि...
अन्ताल्या। परराष्ट्रमन्त्री शिशिर खनालले हिमाली क्षेत्रको संरक्षण तथा उत्थानशीलतालाई विश्वव्यापी जलवायु कार्यको केन्द्रमा राख्नुपर्नेमा जोड दिएका छन् । तुर्कीएको अन्ताल्यामा बिहीबार नेपाल, ताजिकिस्तान, किर्गिस्तान, भुटान...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend