Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • राजपत्रमा प्रकाशित भएको छैन, त्यसैले प्रतिनिधि सभा विघटन भएको छैन : अधिवक्ता अर्याल


    बिहिबार, माघ ८ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । संसद विघटनविरुद्धको रिटमाथिको सर्वोच्च अदालतकाे संवैभानिक इजलासमा बहस जारी छ। रिट निवेदकका पक्षबाट बहस गर्दै अधिवक्ता ओमप्रकाश अर्यालले संसद विघटनकाे सूचना राजपत्रमा प्रकाशित नगरिएकाले प्रतिनिधि सभा विघटन नभएकाे दावी गरेका छन् ।

    सर्वाेच्च अदालतकाे संवैधानिक इजलासमा बिहीबार बहस गर्दै अधिवक्ता अर्यालले राष्ट्रपति विद्यादेवी भण्डारीले जनताको प्रतिनिधिमूलक संस्था विघटन गर्ने निर्णय फिर्ता लिनुपर्ने बताए । ‘सूचना राजपत्रमा आएको छैन। विगतका सूचना राजपत्रमा आउने गरेका थिए। प्रतिनिधिसभा विघटनको सूचना भने राष्ट्रपति कार्यालयको वेबसाइटमा मात्रै आएको छ,’ उनले भने।

    विगतमा राष्ट्रप्रमुखले संविधानविपरीत चालेका कदमहरू फिर्ता लिएका उदाहरण प्रस्तुत गर्दै उनले राष्ट्रपति भण्डारीले पनि प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिनुपर्ने तर्क गरेका हुन्। ‘राष्ट्रपति स्वयं ले प्रतिनिधिसभा विघटनको सूचना फिर्ता लिँदा हुन्छ। राष्ट्रपतिले जनताको नासो जनतामा फर्काउन सक्नुहुन्छ। संसद्लाई फेरि क्रियाशील हुने बाटो ल्याउन सक्नुहुन्छ,’ उनले भने।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार