Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सशस्त्रमा कनिष्ट र विवादास्पद डीआईजीलाई एआईजी बढुवा गर्न मन्त्री राणाको चर्को दबाब


    बिहिबार, जेष्ठ १५ २०८२
    3.3K
    Shares
    नेपाल फेस
  • ३ मिनेट पाठ
  • काठमाडौं । सशस्त्र प्रहरी बलमा रिक्त एक एआईजी पदका लागि कनिष्ट र विवादास्पद डीआईजी गणेश ठाडामगरको बढुवा गर्न परराष्ट्रमन्त्री आरजु राणाले चर्को दबाब दिएपछि बढुवा समितिको बैठक निष्कर्षबिहीन रुपमा टुंगिएको छ ।

    बिहीबार(आज) बिहान गृहमन्त्रालयका सचिव गोकर्णमणि दुवाडीको अध्यक्षतामा सशस्त्रका आईजीपी राजु अर्याल र कर्मचारी प्रशासनका डीएसपी नरेन्द्र साउदसहितको बढुवा सिफारिस समितिको बैठक बसेको थियो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले बरिष्ठताका आधारमा एआईजी बढुवा सिफारिस गर्न निर्देशन दिए पनि बढुवा समितिले बुढानीलकन्ठले गणेश ठाडामगरलाई बढुवा गर्नुपर्ने दबाब दिएका कारण बैठक टुंगिएको छ । तर आजै बढुवा सिफारिस गर्न बढुवा समितिको अर्को बैठक साँझ बस्दैछ । सशस्त्र प्रहरी बलमा बरिष्ठताका आधारमा डीआईजीहरु कमल गिरी, गणेश ठाडामगर, कुलबहादुर नेम्वाङ र शम्भु सुवेदी एआईजी बढुवाका दाबेदार हुन् । तर भावी आईजीपीसमेत हुने भएकाले एआईजीमा बढुवा हुनका लागि ठाडामगरले शक्तिकेन्द्रमा ठूलो चलखेल गरेका छन् ।

    चन्द्रप्रकाश गौतम बैशाख २ गते अवकाश भएपछि रिक्त भएको एआईजीमा बढुवा हुनका लागि ठाडामगरले परराष्ट्रमन्त्री डा. आरजु राणाका भाइ भूषण राणालाई थैलीकै कबोल गरिसकेपछि उनलाई बढुवा सिफारिस गर्न चर्को दबाब परेको स्रोत बताउँछ । रिक्त पदमा बरिष्ठताका आधारमा मात्र बढुवा भएमा दरबन्दी थपेर भए पनि बढुवा  हुने खेलमा लागेका ठाडामगरले पछिल्ला दिनमा ठूलो थैली कबोल गरी कनिष्ट भए पनि बढुवामा पर्नेगरी दबाब बढाएका छन् ।

    ठाडामगर सशस्त्रमा अकूत सम्पत्ति आर्जन गर्नेमा पर्दछन् । मधेश प्रदेश छिन्नमस्ता बाहिनीमा एसएसपी हुँदादेखि नै घुमुवा परिचालन गरी लाभ लिन पल्केका थिए ठाडामगर । जुन बेला राजु अर्याल मधेश प्रदेशको डीआईजी थिए । अर्याल स्वच्छ छविका भए पनि ठाडामगरले घुमुवामार्फत् लाभ लिएका थिए । जागिरे जीवनमा माओवादीका निकट भएर बढुवा र अवसर पाएका ठाडामगर यो सरकार बनेपछि भूषण राणाकोमा पुगेर थैली कबोल गरी बढुवा हुने दाउमा लागेका थिए । बिचौलिया रामचन्द्र भट्ट चन्दनेमार्फत् उनी बुढानीलकन्ठमा पुगेका हुुन् ।

    पछि डीआईजी भएपछि १८ महिना मधेश प्रदेशको कमाण्ड सम्हाल्ने क्रममा गणेशले घुमुवाहरुको डफ्फा नै परिचालन गरी तस्करीको साम्राज्य चलाएर अकूत सम्पत्ति आर्जन गरेको आरोप लाग्दैआएको छ । ठाडामगरलाई बढुवा गराउन स्रोत जुटाउन उनले मधेश प्रदेशमा १८ महिना कार्यरत रहँदा असुलीमा परिचालन गरेका पुराना घुमुवाहरु पनि लागेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार