Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • रत्नपार्क क्षेत्रमा सुरक्षा व्यवस्था कडा, ड्रोनबाट निगरानी


    बिहिबार, जेष्ठ १५ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । आज सुरक्षा संवेदनशीलतालाई दृष्टिगत गर्दै बिहानैदेखि भृकुटीमण्डप तथा रत्नपार्क क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

    गणतन्त्र दिवसका दिन नेकपा एमालेको कार्यक्रम र राजावादीको प्रदर्शनलाई लक्षित गरेर बिहानैदेखि टुँडिखेल क्षेत्रमा सुरक्षा व्यवस्थामा कडाई गरिएको हो ।

    सो क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी खटिएका छन् । एमालेले बिहान ११ बजेदेखि २ बजेसम्म भृकुटीमण्डपमा गणतन्त्र उत्सव मनाउँदैछ । राप्रपा लगायत राजावादी समूहले भने साँढे २ बजेपछि रत्नपार्कस्थित शान्तिवाटीकामा प्रदर्शन गर्दैछन् ।

    प्रहरी स्रोतका अनुसार उच्च निगरानीमा राजावादीहरु रहेका छन् । उनीहरुको प्रदर्शनलाई मुठभेडमा परिणत हुन नदिन र निषेधित क्षेत्रमा प्रवदेश गर्न नदिन प्रहरीले विशेष रणनीति अपनाएको छ ।

    गत चैत १५ गते तीनकुनेमा राजावादीले गरेको अराजक प्रदर्शनले पु¥याएको मानवीय र भौतिक क्षति बिहीबारको प्रदर्शनमा दोहोरिन नदिन सुरक्षा निकाय हाईअलर्टमा रहेका हुन् ।

    उपत्यका छिर्ने नाकाहरू नागढुंगा, बालाजु बाइपास, फर्पिङ र भक्तपुरको जगातीदेखि नै मानिसहरूको ‘स्क्रिनिङ’ गर्ने तयारी प्रहरीको छ । हाइप्वाइन्ट ड्यूटी राखेर प्रदर्शनस्थलमा दूरवीनमार्फत सूक्ष्म निगरानी गर्ने र ड्रोनमार्फत समेत प्रदर्शनस्थलको निगरानी गर्ने तयारी प्रहरीको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार