Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भिजिट भिसा प्रकरणमा मेरो कुनै संलग्नता छैन, षड्यन्त्रपूर्ण आक्रमण भइरहेको छ: गृहमन्त्री


    बुधबार, जेष्ठ १४ २०८२
    725
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । गृहमन्त्री रमेश लेखकले नियोजित र षड्यन्त्रपूर्ण ढंगले आफूमाथि आक्रमण भइरहेको बताएका छन् ।

    भिजिट भिसा प्रकरणमा संलग्नता रहेको भन्दै विपक्षीले सदनमा बोल्न नदिएपछि संसद् भवनस्थित ल्होत्से हलमा पत्रकार सम्मेलन गर्दै गृहमन्त्री लेखकले नियोजित रुपमा आफुमाथि आक्रमण भइरहेको बताएका हुन् ।

    ‘मेराविरुद्ध नियोजित ढंगले आक्रमण गरिएको छ । यो आक्रमण, राजनीतिक पूर्वाग्रहले प्रेरित छ । षडयन्त्रपूर्ण छ । यसको क्रम जारी छ भन्ने मैले महसुस गरेको छु ।’ उनले भने

    उनले आफ्नो राजनीतिक र व्यक्तिगत जीवन सार्वजनिक रहेको भन्दै सबैले सार्वजनिक रुपमै आफूलाई हेरिरहेको जिकिर गरे ।

    ‘अख्तियारको अनुसन्धानको विषयलाई लिएर यसमा मन्त्रीको पनि संलग्नता छ भनेर प्रचारप्रसार भएका छन् । सबैभन्दा पहिला यो जसरी यो विषयमा मेरो संलग्नता देखाएर सामाजिक सञ्जालमार्फत धारणा र समाचार आएका छन्, यो असत्य कुरा हो । मेरो कुनै संलग्नता छैन,’ उनले भने ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार