काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको १५ जेठमा आयोजित कार्यक्रमलाई बिथोल्न खोजेको आरोप लगाएका छन् । मङ्गलवार सम्पादकहरूसँगको छलफलमा लिङ्देनले यस्तो दाबी गरेका हुन् ।
‘प्रधानमन्त्रीले हाम्रो १५ जेठको कार्यक्रमलाई असफल बनाउन खोजिरहेका छन् । उनको अभिव्यक्ति यति गम्भीर छ कि या त त्यसलाई सच्याउनुपर्छ, या त उनले राजीनामा दिनुपर्छ,’ लिङ्देनले भने ।
उनले सरकारले संविधानप्रदत्त स्वतन्त्रतालाई दबाउन खोजेको पनि आरोप लगाए । “हामीले रत्नपार्कमा कार्यक्रम आयोजना गर्न लाग्दा प्रधानमन्त्रीको पार्टीले सोही स्थानमा कार्यकर्ता उतारेर झडप निम्त्याउन खोजेको छ । पत्रकारहरूले यो विषयमा निष्पक्ष रूपमा समाचार सम्प्रेषण गरिदिनुपर्छ,” उनले भने ।
राप्रपाले १५ जेठमा राजतन्त्र पुनःस्थापनाको मागसहित आन्दोलन घोषणा गरेको छ । सोही दिन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंमा एमालेको प्रभाव कायम राख्न कार्यकर्तालाई तयारी गर्न निर्देशन दिएका थिए ।
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend