Nepal Face
  • आइतबार, १० साउन २०८३
  • पूर्वराष्ट्रपति भण्डारी आज चीन जाँदै, दुई कार्यक्रमको प्रमुख बक्ता


    शनिबार, जेष्ठ १० २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । पूर्वराष्ट्रपति बिद्यादेवी भण्डारी आज उत्तरी छिमेकी देश चीन प्रस्थान गर्दैछिन् ।

    शनिबार राति एयर चाइनाको उडान नम्बर सीजेड ३०६८ बाट ग्वाङ्झाओ हुँदै उनी चीनको राजधानी बेइजिङ जान लागेकी हुन् ।

    उनी भोलि बिहान विहान ११ः५ बजे राजधानी बेइजिङमा पुग्नेछिन् ।

    पूर्वराष्ट्रपति भण्डारीले दुईवटा महत्वपूर्ण कार्यक्रममा प्रमुख अतिथिका रुपमा मन्तव्य व्यक्त गर्ने कार्यक्रम तय भएको छ ।

    पूर्वराष्ट्रपति भण्डारीले दुईवटा कार्यक्रममा प्रमुख अतिथिको हैसियतमा सम्बोधन गर्नेछिन् । जसअनुसार चीनका विभिन्न छिमेकी राष्ट्रबाट निम्त्याइएका राजनीतिक दलका प्रतिनिधिबीच हुने सोमवारको संवाद कार्यक्रम र शुक्रबार नागरिकस्तरको अनुभव आदानप्रदान र पारस्परिक सिकाईसम्बन्धी चौथो संवाद कार्यक्रममा गरी दुईवटा कार्यक्रममा प्रमुख अतिथिका हैसियतमा सम्बोधन गर्नेछिन् ।

    सो क्रममा चिनियाँ कम्युनिष्ट पार्टी र चीन सरकारका उच्चपदस्थ पदाधिकारीका बीचमा उनको भेटघाट हुनेछ । उनको टोलीमा उद्याग, बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, नेकपा एमालेका विदेश विभाग प्रमुख रघुवीर महासेठ, नेकपा एमाले स्थायी कमिटी सदस्य कर्णबहादुर थापा र केन्द्रीय सल्लाहकार गोमा देवकोटा, प्रतिनिधिसभा सदस्य देवीप्रकाश भट्टचनसहित १४ जनाको टोली हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार