Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उदयपुरमा थप एकजनामा कोरोना संक्रमणको पुष्टि, संक्रमित संख्या ३२ पुग्यो


    मंगलबार, बैशाख ९ २०७७
    755
    Shares
  • २ मिनेट पाठ
  • काठमाडौ, ९ बैशाख ।नेपालमा थप एक जनामा काेराेना पुष्टि भएको  छ ।  उदयपुरमा अाज अर्को एकजनामा कोरोना संक्रमण पुष्टि  भएसङगै कोरोना संक्रमितको सख्या ३२ पुगेको  छ ।                                                       स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उनी ३३ वर्षका पुरुष हुन् ।

    यसअघि उदयपुरको त्रियुगा नगरपालिकाको एक मस्जिदमा बसेका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुसँग सम्पर्क भएका व्यक्तिहरुको स्वाब संकलन गरेर काठमाडौं ल्याई परीक्षण गर्दा एक जनामा कोरोना संक्रमण पुष्टि  भएको हो ।मंगलबार नेपाली सेनाको नेतृत्वमा गएको टोलीले नमुना संकलन गरेर काठमाडौं ल्याएको थियो ।

    त्यस क्रममा ल्याइएको स्वाबमध्ये कतिपयको परीक्षण बाँकी नै रहेको स्वास्‍थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार