Nepal Face
  • आइतबार, १० साउन २०८३
  • डीजी कालाबजारीया तह लगाउने, निर्देशक मन्त्रीको नाम लिंदै हरेक शाखामा हस्तक्षेप गर्ने ?


    शुक्रबार, जेष्ठ ९ २०८२
    2.4K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण बिभागका महानिर्देशक कुमारप्रसाद दाहाल कालाबजारीया ब्यापारी र चर्को शुल्क लिने निजी स्कुलमा अनुगमन गरी नियमन गर्न दिनरात लागिरहेका छन् । एमआरपी भन्दा पाँच गुणासम्म महंगो मूल्यमा सामान बिक्री गर्नेहरुलाई बाणिज्य बिभागले छापा हान्दै कारबाही सुरु गरेको छ ।

    निजी स्कुलहरुले मनपरी शुल्क अभिभावकहरुसँग असुल्ने गरेकोमा बिभागले अनुगमन सुरु गरेको छ । बिगतमा अनुगमन ठप्पप्रायः रहेको बिभागको नेतृत्वमा दाहाल पुगेपछि गतिशील बनाएका छन् । तर बिभागभित्र उनलाई सहयोग गर्ने टीम भने बिगतकै भएकाले उनले सोचे अनुसार सफलता प्राप्त गर्न सकेका छैनन् ।

    बिभागका निर्देशक भरत आचार्य प्रशासन शाखामा कार्यरत छन् । प्रशासन शाखाका समेत प्रमुख हुन् उनी । प्रशासन शाखाले बिभागभित्रको प्रशासनिक कामकारबाही गर्दछ । तर उनी शाखाभन्दा बाहिरको काममा बढी केन्द्रित देखिने गरेको आरोप छ । डाइरेक्ट सेलिङ(नेटवर्किङ ब्यापार), फर्म शाखा, आयात निर्यात र अनुगमन शाखाको कामकारबाहीमा बढी चासो राख्ने गरेका आचार्य हरेक शाखाबाट बिगतमा जस्तै अदृश्य अतिरिक्त आम्दानीको हिस्सााको समेत आशा राख्ने गर्दछन् । उनको यस्तो कार्यशैलीप्रति शाखाका कर्मचारीहरुसमेत हैरान छन् ।

    उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीका प्रमुख स्वकीय सचिव आनन्द भट्टसँग निकट रहेका आचार्य उनकै सल्लाहबमोजिम चल्ने गरेको आरोप छ । बिभागमा हुने अदृश्य आम्दानीको हिस्सा मन्त्रीको सचिवालयले समेत पाउनुपर्ने पैरवी गर्दैआएका आचार्य अनुगमन शाखाको नेतृत्व हत्याउन दिलोज्यान दिएर लागेका छन् ।

    अनुगमन शाखाका निर्देशक जगदिश अर्यालको सरुवा हालै संचार मन्त्रालयमा भएसँगै उक्त शाखामा जान उनी मन्त्री भण्डारीको सचिवालयमार्फत् दबाब दिइरहेका छन् ।
    तत्काललाई महानिर्देशक कुमारप्रसाद दाहालले आयात निर्यात शाखाका डिकबहादुर कार्कीलाई अनुगमन शाखासमेत हेर्ने जिम्मेवारी दिएका छन् । बिभागको सूचना अधिकारीसमेत अनुगमन शाखाको

    निर्देशक रहने ब्यवस्था छ । गुनासो टिपाउने बिभागको ११३७ नम्बर सूचना अधिकारीले प्रयोग चलन छ । यस हिसाबले उक्त नम्बरको मोवाइल डिकबहादुर कार्कीले प्रयोग गर्नुपर्ने हो, तर कुनै सरोकार नै नभएका आचार्यले उक्त नम्बर प्रयोग गर्दैआएका छन् ।

    देशभरबाट उपभोक्ताले गुनासो राख्ने उक्त नम्बर उनले प्रयोग गर्न थालेपछि रिसिभ नै नहुने गरेको आमगुनासो छ । उद्योग मन्त्रालयको प्रशासन शाखाका हाकिमहरुसँग घनिष्ठ सम्बन्धकै कारणले गर्दा बिभागमा आचार्यले चर्को हस्तक्षेप गर्दैआएको आरोप छ ।

    मन्त्री, मन्त्रीको सचिवालय र मन्त्रालयको प्रशासन शाखाको नाम बेचेर अतिरिक्त आम्दानीमा तल्लनी रहँदैआएका आचार्यको रवाफका कारण बिभागमा कर्मचारीहरु काम गर्न सशंकित छन् । अनुगमन शाखाका अधिकृतद्वय विश्वराज दाहाल र लोकराज सुवेदीले मच्चाएको अर्को आतंकले सेवाग्राही हैरान छन् ।

    बाणिज्य बिभागबाट उपसचिव जगदिश अर्यालको संचार मन्त्रालयमा बहिर्गमनसँगै उद्योग बिभागबाट पनि शाान्ता मरासिनीको सरुवा भएको छ । उद्योग बिभागमा अर्थमन्त्रालयको राजस्व सचिव दिनेश घिमिरेकी धर्मपत्नी उर्मिला खतिवडाको सरुवा भएको छ । तर उद्योग बिभागका महानिर्देशक राजेश्वर ज्ञवाली अमेरिका भ्रमणमा भएका कारण उनको शाखा तोकिएको छैन ।

    बिभागमा शान्त स्वभावकी शान्ताको सरुवा हुनु र उग्र र हरेक काम दामबिना नगर्ने निर्देशक सोम गौतम रहिरहनुलाई सेटिङको परिणामका रुपमा लिइएको छ । गौतम पनि मन्त्री भण्डारीकै स्वकीय सचिव भट्टलाई खुसी पारी टिकिरहन सफल भएका छन् । गौतम हरेक शक्तिकेन्द्रलाई रिझाउनसक्ने खुबी भएका उपसचिव हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार