Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • अर्थ मन्त्रालयमा गभर्नर सिफारिस समितिको बैठक जारी


    मंगलबार, जेष्ठ ६ २०८२
    930
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेल नेतृत्वको गभर्नर सिफारिस समितिको बैठक जारी रहेको छ

    मंगलबार साँझ ६ बजे मन्त्रिपरिषद् बैठक अघि सिंहदरबारस्थित अर्थ मन्त्रालयमा सिफारिस समितिको बैठक बसेको हो।

    सो समितिले गभर्नरको नाम सिफारिस गरे पछि आज साँझ ६ः०० बस्ने भनिएको मन्त्रिपरिषद बैठकले गभर्नर नियुक्त गर्ने सम्भावना बढेर गएको हो ।

    अर्थमन्त्री पौडेल संयोजक रहेको सिफारिस समितिमा निवर्तमान गभर्नर महाप्रसाद अधिकारी र अर्थविद् डा। पोषराज पाण्डे सदस्य रहेका छन् ।

    गभर्नर नियुक्तिका बारेमा आजै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच छलफल भएको थियो ।

    उक्त भेटमा गभर्नरमा डा।विश्व पौडेललाई बनाउने बारेमा सहमति जुटेको जनाइएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार