Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • गभर्नर सिफारिस समितिको बैठक बोलाइयो


    मंगलबार, जेष्ठ ६ २०८२
    830
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रबैंकको गभर्नर नियुक्तिका लागि गठित सिफारिस समितिको बैठक बोलाइएको छ।

    प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीचको छलफलपछि सिफारिस समितिको बैठक बोलाइएको अर्थमन्त्री विष्णु पौडेलको सचिवालयले जनाएको छ ।

    ओली र देउवाबीच आज मंगलबार बालुवाटारमा छलफल भएको थियो। उक्त छलफलको बीचमा उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र गृहमन्त्री रमेश लेखक पनि सहभागी थिए।

    तत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सहमती हुन नसक्दा राष्ट्रबैंकको गभर्नर लामो समयदेखि रिक्त छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार